अकिञ्चित, अर्धमुदित ति नयन
अकिञ्चित, अर्धमुदित ति नयन
बिहानीको किरण जस्तै
हृदयभित्र ब्यूँतिएका हजार सपनाहरु जस्तै
आकाशका ति उज्याला हीराका टुक्राहरु
कपालमा सिउरिएर उडिरहेकी तिमी
विपनाभन्दा पनि सपनाझैँ बढी लाग्ने तिमी
नाम पनि त भनिनौ बोलाउनलाई
कारण पनि त छाडिनौ सम्झिरहनलाई
अकिञ्चित, अर्धमुदित ति नयन
रातको कोमल सुवास जस्तै
तिमी कुनै नलेखिएको कविताको हरफजस्तै
कुनै नागाईएको गज़लको बान्की जस्तै
गाजल पनि त लगाईनौ रात भन्नलाई
लाली पनि त लगाईनौ साँझ भन्नलाई
सपना मेरा किञ्चित निम्छरा छन् शायद
शायद घामका किरणहरुले गल्लान् कि
तर आशा छ भरपुर अहिलेसम्म पनि
म पुग्छु आफ्नो शब्दको सेतु तरेर
तिमी केवल आफ्ना ओँठको स्पर्श देऊ
अनि देऊ एउटा कोमल सुसेली
त्यही सुसेलीमा मा उन्छु शब्दका फूल
अनि अर्पण गर्छु पाउमा
मेरा कविता हजार
अकिञ्चित, अर्धमुदित ति नयन …।
Leave a Comment