नव-पल्लव-पालुवा

less than 1 minute read

Sweet Heart

Sweet Child O' Mine

बालसुलभ नागबेली तिम्रो
छ उस्तै नरम ओँठका तरेली
अनि मुग्ध पार्ने मन्द-मुस्कान तिम्रो
अनि नरम, कोमल परेली ।।

तिम्रो रुवाईमा झस्किन्छ मन यो
के कस्तो मोहनी हो, भन यो
सबैभन्दा प्यारो लाग्ने, आफ्नै प्राण थियो
आज तिमी भईदियौ राजा यो मनको ।।

म सिर्फ मै थिएँ हिजोसम्म पनि ‘म’बाट हामीमा आज जोडिएँ यसरी
विश्वास छैन हुन्छन् चमत्कार भनी
तर आज गलत साबित भएँ कसरी ।।

जोश छ, जाँगर अनि अलिअलि ज्ञान पनि
सायद यी तीनकै घुम्छ जीवन वरीपरी
प्रार्थना गर्दछु आज म मेरै अस्तित्वसँग
सफल होऊँ दिन तिमीलाई सुकर्म भरीभरी ।।

बालसुलभ नागबेली तिम्रो
छ उस्तै नरम ओँठका तरेली
अनि मुग्ध पार्ने मन्द-मुस्कान तिम्रो
अनि नरम, कोमल परेली ।।

Categories:

Updated:

Leave a Comment