ऐनाभित्रको मान्छे

less than 1 minute read

ऐनाभित्रको मान्छे
ऐना भित्रको मान्छे
ऐना बाहिरको मान्छे
के एक हुन् ?
ती एक हुन?

मनभित्रको आँधी
बिछोडिएको साथी
के एक हुन्?
के एक हुन्?

म सक्दिन उसलाई छुन
सक्दिन म उसलाई भन्न
विगतका पानाहरू
चाहँदैमा मेटिदैन
लुकाएको सिरानीमा
सपना भोलि भेटिदैन

कोर्न त सकिन्नन्
पानाहरू खाली नै उडिरहन्छन्
नदेखिए पनि ती
झन् झन् सलबलाईरहन्छन्

हावाहरूमा उडिरहेका
भावनाका शीतहरू
रुमल्लिदै हिँडिरहेका
चाहनाका गीतहरू

एकान्तको माया
न दाहिने छु न बायाँ
म जस्तो छु
म त्यस्तै छु

दुई पैसाको अक्कल
सक्कल बमोजिम नक्कल
आउँदैन
अहँ आउँदैन

कुर मलाई नकुर
खासै फरक परदैन
फिरन्तेको साथ दिन
कसैलाई नि कर छैन
झस्किन्छौ कि अँध्यारोमा
अब त मलाई डर छैन

के भनूँ तिमीलाई
घडी घरीघरी हेरिरहन्छौ
म त बनेको उड्नलाई
तिमी धर्ती मै अडीरहन्छौ

हावाहरूमा उडिरहेका
भावनाका शीतहरू
रुमल्लिदै हिँडिरहेका
चाहनाका गीतहरू……

Categories:

Updated:

Leave a Comment